२४ जना यात्रु बोकेको बस धादिङको सुत्केरी ढुंगा नजिकै दुर्घटना, ८ जना घाईते

काठमाडौँ– बुटबलबाट काठमाडौं आउँदै गरेको बस शनिवार साँझ धादिङमा दुर्घटना हुँदा ८ जना यात्रु घाईते भएका छन्।

२४ जना यात्रु सवार लु २ ख ६६७६ नम्बरको यात्रुबाहक बस पृथ्वी राजमार्ग अन्तर्गतपर्ने गल्छी गाउँपालिकाको सुत्केरी ढुंगा नजिकै दुर्घटनामा परेको हो।

प्रहरीका अनुसार दुर्घटनामा परि ८ जना घाइते भएका छन। घाईते सबैको स्थानीय अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका लागि काठमाडौँ रिफर गरिएको छ।

तीव्र गतिका कारण अनियन्त्रित भएको बस सडकको डिभाइडरमा ठोक्किएर दुर्घटना भएको प्रहरीको अनुमान छ। बस चालक भूपेन्द्र चापागाइँ पक्राउ परेका छन्।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट