बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का तत्कालीन कार्यकारी निर्देशक बलराम ठाकुर ठगी आरोपमा पक्राउ

जनकपुर– बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का तत्कालीन कार्यकारी निर्देशक बलराम ठाकुर ठगी आरोपमा ललितपुरको भैंसेपाटीबाट पक्राउ परेका छन्।
धनुषा प्रहरीका एसपी भुवनेश्वर तिवारीका अनुसार ठगी र सरकारी छाप कीर्तेसम्बन्धी मुद्दामा उनलाई पक्राउ गरिएको हो। ठाकुरसहित परिषद्का लेखापाल सावित्री गिरी, प्रशासन प्रमुख जीतेन्द्र यादव र जिन्सी शाखा प्रमुख मदन चौधरीमाथि ठगी र सरकारी छाप कीर्तेसम्बन्धी मुद्दा दर्ता छ। अन्य ब्यक्ति फरार छन्।
पक्राउ परेका ठाकुरलाई जनकपुर ल्याउने तयारी भईरहेको प्रहरीले जनाएको छ। ठाकुरले कार्यकायरी निर्देशक रहेका बेला परिषद्लाई दान दिइएको बा १३ च २०३७ नम्बरको स्कार्पियो गाडी पत्नीको नाममा दर्ता गराएको र गाडी भाडाको नाममा ३० लाखभन्दा बढी रुपैयाँ अनियमितता गरेको आरोप छ।
महोत्तरीका मुकेश यादवलाई धनी कायम गरेर गाडी भाडा बापतको रकम हिनामिना गरेको उनीमाथि आरोप छ। मुकेशले नै उनीहरुमाथि प्रहरीमा उजुरी गरेका थिए।