भारतीय चलचित्र अभिनेता शैफअली खानमाथि घरभित्रै छुरा प्रहार

काठमाडौँ – भारतीय चलचित्र अभिनेता शैफअली खानमाथि घरभित्रै छुरा प्रहार भएको छ।
मुम्बई बान्द्रास्थित घरमै छिरेर एक व्यक्तिले खानलाई छुरा प्रहार गरेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।
भारतीय प्रहरीका अनुसार राति करिव पौने ३ बजे एक अज्ञात व्यक्ति उनको घरमा छिरेका थिए। ती आक्रमणकारीले खानको घरमा काम गर्ने मानिससँग झगडा गरेका थिए। सो क्रममा खान र ती व्यक्तिबीच झडप भएको थियो। सोही क्रममा छुरा प्रहार हुँदा अभिनेता खान घाइते भएका हुन्।
उनलाई लीलावती अस्पतालमा भर्ना गरिएको र घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। ती व्यक्ति चोरीका लागि खानको घरमा छिरेको हुनसक्ने प्रहरीको अनुमान छ। उनकी श्रीमती तथा अभिनेत्री करिना कपुर र अन्य परिवारका सदस्य भने सकुशल रहेको जनाइएको छ ।
छुरा प्रहार गरेर फरार रहेका आक्रमणकारीको खोजी गरिरहेको प्रहरीले जनाएको छ।