सीके राउत पत्निले ५ दिन अघि नै गरेकी थिईन पत्रकार वैद्यनाथ यादव पक्राउ पर्ने संकेत

राजविराज– सप्तरीका पत्रकार वैद्यनाथ यादवलाई बु्धबार विहानै प्रहरीले पक्राउ गरेको छ। प्रहरीले ठगी आरोपमा उजुरी परेपछि अनुशन्धानका लागि नियन्त्रणमा लिएको वताएपनि जनमत पार्टीका अध्यक्ष सीके राउतको षडयन्त्र र दबाबमा उनलाई पक्राउ गरिएको भन्दै आलोचना भईरहेको छ।

सीके राउत पत्नि सोनी सिन्धु रानीले ६ दिन अघि नै पत्रकार यादव लगायत कतिपय उनका सहयोगी पक्राउ पर्न सक्ने संकेत गरेकी छिन्। जनमत पार्टीका प्रदेश सांसद शम्भु साहले मधेश प्रदेश सभामै वैद्यनाथलाई मुद्दा चलाउन दबाब सृजना गरेपछि सोनीले यस्को संकेत गरेकी थिईन।

उनले फेसवुक मार्फत पत्रकार यादव र शिव अधिकारी लगायत आफना सहयोगीलाई झुठा मुद्दामा फसाउन लागिएको जनाएकी थिईन। नेपाल पत्रकार महासंघ सप्तरीका सल्लाहकार तथा पूर्वउपाध्यक्षसमेत रहेका यादवलाई त्यसको ५ दिनपछि पक्राउ गरिएको हो।

यस्तो छ सीकेपत्नि सोनीलेले १६ जनवरीमा भीडीओसहित राखेको फेसवुक स्ट्याटस
आदरणीय न्यायप्रेमी जनता! नमस्कार। मेरो मुदा जिल्ला अदालतमा विचाराधीन रहे को छ। म श्रीमान् सीके राउत र उनका समर्थकहरुमा असुरक्षित महसूस गरिरहेको छौं। जुन कुरामा आफ्नो सामाजिक संजाल र विभिन्न मिडिया मार्फत जानकारी गराऊदै आएका छौं। मलाई सहयोग गर्ने पत्रकारहरु शिव अधिकारी हुन या बैद्यनाथ यादव लगायत (१०/१५ जना मेरा सहयोगी) सबैलाई जनमतका नेता र मुख्यमंत्रीलाई मेरो श्रीमान् सीके राऊतले परिचालन गरेको सर्वविदित छन्।

मेरा सहयोगीका ज्यान खतरामा छन्। कतिलाई ज्यान मार्न धमकी त कतिलाई झूटो मुदामा फांसने षड्यंत्र भई रहेका छन्। यसको ज्वलन्त उदाहरण आज मधेश सभामा जनमतका सप्तरीबाट निर्वाचित सदस्य शम्भु साहले बैद्यनाथ यादवको नाम लिए दर्ता गराऊने षड्यंत्र। मलाई सहयोग गर्ने धैरे निर्दोष दाजुभाई, दिदीबहिनी, आमाबाबु रहेछन्। ती सबैलाई अहिले जनमत का नेताहरुले गुण्डा लगाएर धमकी दिदै छन्।

नेपाल सरकार, प्रहारी प्रशासनलाई मेरो दुई हात जोडेर विनती छ। मलाई सहयोग गर्ने कसैलाई नफसाइयोस। मलाई सहयोग गर्नुस, मलाई न्याय दिनुस। म ३ जना बच्चा की आमा कहां जानू?? तपाईंको घरमा पनि चेलीबेटी होला। मेरो ठाऊं राखेर सोच्नुस।

यो पनि,


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट