मन्दिरका लागि पानी बोकेर जाँदै गरेको ट्याङ्कर दुर्घटनाः २ युवकको मृत्यु, २ जनाको अवस्था गम्भिर
काठमाडौँ– धादिङको गुप्तेश्वर मन्दिरका लागि पानी बाकेर जाँदै गरेको ट्यांकर बाटैमा दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ।
बा.प्र ०१–००४ क ३३५२ नं.को पानी बोक्ने ट्याङकर गल्छी गाउँपालिका–३ गुप्तेश्वरमा दुर्घटना भएको हो। ट्यांकर ब्याक गर्ने क्रममा सडकबाट ५०० मिटर तल खसेको प्रहरीले जनाएको छ।
दुर्घटनामा गुजुरी गाउँपालिका –६ का १८ वर्षीय प्रशान्त चेपाङ र सोही ठाउँका २० वर्षीय जयराम चेपाङको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय धादिङका डीएसपी सुवास हमालका अनुसार उनीहरुको प्राथमिक स्वास्थ्य केन्द्र गजुरीमा मृत्यु भएको हो।
गजुरी गाउँपालिका–६ का १९ वर्षीय सिरिश चेपाङ र सोही ठाउँका १७ वर्षीय सुरेश चेपाङ गम्भीर घाइते भएका छन्। उनीहरुलाई थप उपचारका लागि काठमाडौँ पठाईएको प्रहरीले जनाएको छ।
प्रतिक्रिया

