खाने कुराको विवादमा जेठाजुले गरे वुहारीको हत्या
जनकपुर– सर्लाहीमा एक ब्यक्तिले आईतबार विहान आफ्नै भाईबुहारीको हत्या गरेका छन्।
बिष्णु गाउँपालिका– ३ मधुवन गोठका गजेन्द्र पासवानकी श्रीमती ३६ वर्षीया रेनुदेवी पासवानको हत्या गरेको आरोपमा प्रहरीले जेठाजु ४० वर्षीय साहेब पासवानलाई पक्राउ गरेको छ।
साहेबले घरायसी विवाद हुँदा रेनु देवीमाथि बिहान करिब १० बजे धारिलो हतियार प्रहार गरेको सर्लाहीका डीएसपी सरोज राईले जानकारी दिए।
प्रारम्भिक अनुसन्धानमा साहेबले रेनु खाना मागेको र सोही समयमा विवाद भएपछि एक्कासि फर्सा निकालेर प्रहार गरेका थिए। हात, मुख र घाँटीमा गम्भीर चोट लागेकी रेनुका े घटनास्थलमै मृत्यु भएको हो। साहेबलाई हतियारसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ।
रेनुदेवीका श्रीमान् मजदुरीका लागि भारतमा रहेको जनाईएको छ।
प्रतिक्रिया
लोकप्रिय
अन्तरिम सरकारमा कल्याण श्रेष्ठलाई प्रधानमन्त्री बनाउने प्रयास असफल, राजु पाण्डेलाई गृहमन्त्री बनाउन चाहन्थे बालेन
बालेन्द्र साहको तिव्र असन्तुष्टिः प्रधानमन्त्रीसँग भेटेर भने– ‘गृहमन्त्रीले युवाको अपमान गरे, हटाउनोस्’
ताजा अपडेट
जेन–जी सरकारले खोस्यो पूर्वप्रधानमन्त्री माधव नेपालको सुरक्षा र सुविधाः भ्रष्टाचार मुद्दा पछि सुरक्षाकर्मी फिर्ता
