२० हजार पाउने लोभमा ३ जना बालबालिका मिलेर ७२ वर्षीय वृद्धको घाँटी थिचेर हत्या

विराटनगर– संखुवासभामा परिवारै मिलेर ७२ वर्षीय एक वृद्धको हत्या गरेका छन्। खाँदबारी नगरपालिका–९ तुम्लिङटारमा ७२ वर्षीय मीनबहादुर कुमालको हत्या भएको हो।

हत्यामा उनकै बुहारी ४५ वर्षीया बुहारी तथा १३ वर्षिया नातिनी र १७ वर्षका दुई किशोर पक्राउ परेका छन्। पक्राउ परेका दुईजना किशोर भने मजदुर हुन्। बुहारीले नाबालकलाई २० हजार दिने प्रलोभनमा पारी मीनबहादुरको हत्या गराएको प्रहरीले जनाएको छ।

रक्सीले मातेर लट्ठ परेका बेला वृद्धको घाँटी थिचेर हत्या गरेको उनीहरुले प्रहरीलाई बयान दिएका छन्। जिल्ला प्रहरी कार्यालय संखुवासभाका डीएसपी दक्षकुमार बस्नेतका अनुसार २० हजार दिने सहमति भए पनि बालबालिकाले रकम भने पाएका थिएनन्।

मृतक मीनबहादुरले पनि ०५९ असोजमा गाउँकै एकजनाको हत्या गरेका थिए। उक्त आरोपमा ५ वर्ष जेल बसेका उनले आफ्नै छोरालाई पनि खुकुरी प्रहार गरेका थिए। छोरा भने अहिले वैदेशिक रोजगारका लागि कतारमा रहेको खुलेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट