कारको ठक्करबाट मर्निङ वाक गर्दै गरेका दुई महिलाको मृत्यु

काठमाडौँ– पूर्वपश्चिम राजमार्गअन्तर्गत कपिलवस्तुको पत्थरकोट–गोरुसिङ्गे सडक खण्डमा कारले ठक्कर दिँदा मर्निङ वाकमा निस्किएका दुई महिलाको मृत्यु भएको छ।

बुद्धभूमि नगरपालिका–१ बसन्तपुरकी ६० वर्षीया शान्ता खत्री र ६५ वर्षीया तिलकुमारी रायमाझीको मृत्यु भएको हो।

अर्घाखाँचीबाट बुटवलतर्फ आउँदै गरेको बीएबी ९५९९ नम्बरको कारले शुक्रबार बिहान पौने ६ बजे उनीहरुलाई ठक्कर दिएको थियो। कारको ठक्करबाट गम्भीर घाइते भएका उनीहरूलाई उपचारका लागि जिल्ला अस्पताल तौलिहवा लाँदै गर्दा बाटोमै मृत्यु भएको इलाका प्रहरी कार्यालय गोरुसिङ्गेले जनाएको छ।

इन्स्पेक्टर विराट शर्मा पौडेलका अनुसार कार चालक रुपन्देहीको सैनामैना नगरपालिका–५ का ३२ वर्षीय खिमराज श्रेष्ठ पक्राउ परेका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट