खुर्पाले हानेर ५ वर्षीय भतिजा र ७ वर्षीया छोरीको हत्या गरी पूर्वसैनिकद्वारा आत्महत्या प्रयास*

भरतपुर– चितवनमा एक पूर्वसैनिकले खुर्पाले हानेर ५ वर्षीय भतिजा र ७ वर्षीया छोरीको हत्या गरी आफुले पनि आत्महत्याको प्रयास गरेका छन्।

जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी रविन्द्र खनालकाअनुसार भरतपुर महानगरपालिका–२५ का ४५ वर्षीय लिलाराज गिरीले ५ वर्षीय भतिजा सजन र ७ वर्षीया छोरी प्रभा गिरीको घाँटीमा खुर्पा प्रहार गरेका थिए।

खुर्पा प्रहारबाट सजन र प्रभाको मृत्यु भएको छ भने लिलाराजको अवस्था गम्भिर छ। डिएसपी खनालका अनुसार सजन लिलाराजका दाइ दया गिरीका छोरा हुन।

घाईते अवस्थामा फेला परेका तीनै जनालाई चितवन मेडिकल कलेजमा पु¥याइएको थियो। उपाचारका क्रममा सजन र प्रभाको मृत्यु भएको र लिलाराजको उपचार भईरहेको प्रहरीले जनाएको छ।

भुतपूर्व सैनिक लिलाराज मानसिक रुपमा अस्वस्थ रहेको प्रारम्भिक अनुसन्धानमा खुलेको डीएसपी खनालले जानकारी दिए। प्रहरीले घट्नाको थप अनुसन्धान गरिरहेको छ।

*अपडेट


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट