विराटनगरमा मध्यराति स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु

विराटनगर– मोरङको विराटनगरमा शनिबार मध्यराती स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
प्रदेश १–०२–०५० प ९७९६ नम्बरको स्कुटर आफैं अनियन्त्रित भएर दुर्घटना हुँदा चालक विराटनगर–६ का ५५ वर्षीय मोहमद अब्दुल कलामको मृत्यु भएको हो।
मोरङ ट्राफिक प्रहरीका इन्स्पेक्टर राजन लम्सालका अनुसार खार्जीबाट कञ्चनबारीतर्फ आउँदै गरेको स्कुटर कोशी राजमार्गअन्तर्गत विराटनगर महानगरपालिका–३, नेपाल आयल निगमको कार्यालय नजिकै दुर्घटना भएको थियो।
दुर्घटनामा परेर गम्भीर घाइते भएका कलामलाई उपचारका क्रममा नोबेल शिक्षण अस्पताल लगिएको थियो। अस्पताल पु¥याउनासाथ चिकित्सकले मृत घोषित गरेको इन्स्पेक्टर लम्सालले जानकारी दिए।
प्रतिक्रिया