मोरङमा छोराले चलाएको मोटरसाईकल दुर्घटनामा आमाको मृत्यु, छोरा पक्राउ

विराटनगर– मोरङमा आईतबार साँझ छोराले चलाएको मोटरसाईकलल दुर्घटना हुँदा एक जना महिलाको मृत्यु भएको छ। सामान्य घाईते रहेका छोरा पक्राउ परेका छन्।

आमबारीबाट उर्लाबारीतर्फ जाँदै गरेको प्रदेश १–०२–०४५ प ९०६० नम्बरको मोटरसाइकल रतुवामाई नगरपालिका–६, त्रिवेणी चौकमा कुकुरलाई जोगाउँन खोज्दा आफै अनियन्त्रित भएर लडेको थियो।

दुर्घटनामा मोटरसाइकलको पछाडि बसेकी रतुवामाई–५ की ४५ वर्षीया भवानी मेहता गम्भीर घाइते भएकी थिइन्। उनलाई उपचारका लागि रंगेली अस्पताल पठाइएको थियो। अस्पताल पुर्याउनसाथ उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

मोटरसाइकल चालक तथा उनका छोरा २३ वर्षीय रमेश मेहता सामान्य घाईते भएका छन्। रमेशलाई इलाका प्रहरी कार्यालय रंगेलीले नियन्त्रणमा लिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट