चकलेटको लोभ देखाएर ७ वर्षीया नातिनीलाई बलात्कार गरेको आरोपमा ७५ वर्षीय वृद्ध पक्राउ

काठमाडौँ– ७ वर्षीया बालिका बलात्कारको आरोपमा रुपन्देही प्रहरीले ७५ वर्षीय वृद्धलाई पक्राउ गरेको छ।
दाङको तुलसीपुर–१७ का ७५ वर्षीय वृद्धले नातिनी पर्ने ७ वर्षीया बालिका बलात्कार गरेको आरोप छ।
शनिबार बाख्रा चराउन गएकी ती बालिका अपरान्ह करिव ४ बजे तिर्खा लागे पानी खान वृद्धको घरमा पुगेकी थिईन। त्यसै बेला वृद्धले चक्लेट खाने पैसा दिन्छु भनी बलात्कार गरिेको जनाईएको छ।
प्रहरीले घट्नाको अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका इन्स्पेक्टर सूर्य रानाले बताए। वृद्धलाई ५ दिन म्याद थपेर अनुसन्धान थालिएको उनको भनाई छ।
बालिकालाई स्वास्थ्य परीक्षण गराएर हजुरआमाको जिम्मा लगाइएको छ।
प्रतिक्रिया