ठगी तथा संगठित अपराधको आरोप लागेका डाकनेश्वरीका रामकुमार पक्राउ

काठमाडौँ– ठगी तथा संगठित अपराधको आरोप लागेका सप्तरीका एक ब्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।
डाकनेश्वरी नगरपालिका–७ का रामकुमार रायलाई सप्तरी प्रहरीले आईतबार दिउँसो पक्राउ गरेको हो। उनको नाममा सप्तरी जिल्ला अदालत राजविराजबाट वैशाख ७ गते पक्राउ पूर्जी जारी भएको थियो।
राय ठगी तथा संगठित अपराधमा संलग्न भएको भन्दै भरत ठाकुरले प्रहरीमा जाहेरी दिएका थिए। वादी नेपाल सरकार रहेको उक्तmमुद्दामा अदालतले प्रतिवादी रायलाई पक्राउ गर्न आदेश दिएको थियो।
प्रहरीले उनलाई डाकनेश्वरी–७, मझौरा टोलमा फोला पारी पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ। उनको बारेमा अनुसन्धान भईरहेको इन्स्पेक्टर उदयकुमार राईले जानकारी दिए।
प्रतिक्रिया