मोरङमा जिस्काउने क्रममा ७ वर्षीय बालकको लिङ्ग काटियो

विराटनगर — मोरङको पथरीशनिश्चरे नगरपालिका–६ मा एक व्यक्तिले जिस्काउने क्रममा सात वर्षीय बालकको लिङ्ग काटि दिएका छन।
घटनामा फलाम काट्ने ग्राइन्डर मेसिन प्रयोग भएको छ। स्थानीय ४८ वर्षीय मही चौधरीले आफ्नो ग्रील पसलमा आएका किरण चौधरीका सात वर्षीय छोरालाई जिस्काउने क्रममा ग्राइन्डर चलाउँदा बालकको लिङ्ग काटिएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार बालकको लिङ्गको टुप्पोको केही भाग काटिएको छ। घटनापछि बालकलाई मही चौधरीले नै उपचारका लागि नोबेल मेडिकल कलेज, विराटनगर ल्याएका छन्।
डीएसपी बेदप्रकाश जोशीका अनुसार बालकको अवस्था सामान्य छ। घटनाको प्रकृति र उद्देश्यबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया