जनकपुरमा २३ वर्षीया विवाहिता महिला मृत फेला, दाईजोका कारण हत्या भएको माईतीको आशंका

जनकपुर— धनुषाको जनकपुरधाम उपमहानगरपालिका–४ स्थित आफ्नै घरमा एक २३ वर्षीया महिला मृत फेला परेकी छन्। चन्दन मण्डलकी श्रीमती शोभा मण्डल मृत फेला परेकी हुन्।

राति करिव साढे १२ बजे शोभा झुण्डिएको अवस्थामा फेला परेको खबर प्राप्ता भएपछि प्रहरी टोली घट्नास्थल परगेको थियो। जिल्ला प्रहरी कार्यालय धनुषाका इन्स्पेक्टर अनिल बैठाका अनुसार प्रहरी टोली पुग्दा शव ओछ्यानमा भेटिएको थियो। ‘घरपरिवारले झुण्डिएको देखेपछि पासो काटेर ओछ्यानमा राखेको बताएका छन्’– बैठाले भने।

प्रहरीले घटनास्थल पुगेर अनुसन्धान सुरु गरेको छ। प्रारम्भिक विवरणका आधारमा आत्महत्या भएको आशंका गरिएको भए पनि पोस्टमार्टम रिपोर्टपछि मात्र वास्तविक कारण खुल्ने प्रहरीले जनाएको छ।

यता मृतक शोभाको माइती पक्षले भने हत्या भएको दाबी गरेका छन्। उनीहरूको भनाइमा दाइजोका विषयमा घरायसी झगडा भइरहने गरेको र त्यसैका कारण शोभाको हत्या गरिएको हुन सक्ने आशंका छ। महोत्तरीको बर्दिबास नगरपालिका–१४, माइस्थान माईती भएकी शोभाको पाँच वर्षअघि चन्दन मण्डलसँग विवाह भएको थियो। उनीहरूकी एक छोरी छिन्।

प्रहरीले घटना संवेदनशील भएको भन्दै विस्तृत अनुसन्धान अघि बढाएको जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट