झापामा साडीको पिङमा बेरिएर १० वर्षीय बालकको मृत्यु

दमक— झापाको अर्जुनधारा नगरपालिका–११, बालविकास टोलमा विहिबार साँझ पिङ खेल्ने क्रममा १० वर्षीय बालकको ज्यान गएको छ।
नेत्रप्रसाद सिवाका छोरा प्रदीप सिवा आफ्नै घरको काठको बलोमा साडीको पिङ बनाएर खेल्दै गर्दा दुर्घटनामा परेका थिए। खेल्ने क्रममा घाँटीमा साडी बेरिएर पासो लागेको अवस्थामा आमाले छोरालाई देखेकी थिइन्।
आमाले तत्काल साडी खोलेर छोरालाई उद्धार गरी अस्पताल पु¥याए पनि चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए। प्रहरीका अनुसार कानुनी प्रक्रिया पूरा गरी शवलाई पोष्टमार्टमका लागि मेची प्रादेशिक अस्पताल, भद्रपुर पठाइएको छ।
प्रतिक्रिया