सिरहामा लागुऔषधसहित दुई जना पक्राउ

लहान — सिरहाको गोलबजारमा प्रहरीले लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय सिरहाले सार्वजनिक गरेको विवरणअनुसार, गत शुक्रबार साँझ करिव ७ बजे पूर्व–पश्चिम राजमार्गको गोलबजार नगरपालिका–३, गागन खोलास्थित सडकखण्डबाट उनीहरुलाई पक्राउ गरिएको हो।

इलाका प्रहरी कार्यालय गोलबजार र लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय गोलबजारबाट खटिएको संयुक्त टोलीले स ७ प २५९५ नम्बरको मोटरसाइकल चेकजाँच गरेको थियो। त्यसक्रममा मोटरसाइकल चालक गोलबजार नगरपालिका–१ बल्डडाका २२ वर्षीय दिप कुमार यादव र पछाडि सवार नरहा गाउँपालिका–५ का ३० वर्षीय इन्द्रजित कुमार यादव पक्राउ परेका हुन।

मोटरसाइकल चेकजाँच गर्दा उनिहरुहरूसँग प्लास्टिकमा प्याक गरिएको १७ ग्राम १४० मिलिग्राम (प्लास्टिकसहित) र १६ ग्राम १०० मिलिग्राम (प्लास्टिक बाहेक) लागू औषध खैरो हेरोईन बरादम भएको प्रहरीले जनाएको छ।

उनीहरूलाई पक्राउ गरी इलाका प्रहरी कार्यालय गोलबजारमा राखिएको र म्याद थप अनुमति लिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाका डीएसपी बिरेन्द्रकुमार पासवानले जनाएका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट