‘बाउ–आमाले मिष्टेकले जन्माएको’ भन्दै सुधन गुरुङमाथि महेश बस्नेतको कडा प्रहार

काठमाडौँ— एमालेका नेता तथा पूर्व मन्त्री महेश बस्नेतले जेनजी अगुवा सुधन गुरुलाई ‘बाउ–आमाले मनोरञ्जन गर्दा गर्दै मिष्टेकले जन्मिएको’ भनेर आलोचना गरेका छन्। गुरुङले हजार वटा सिंहदरबार वनाउन सकिन्छ भन्दै माईतिघर मण्डलामा भाषण गरेको भोलिपल्ट वस्नेतले यसरी आलोचना गरेका हुन।

वस्नेतले सामाजिक सञ्जाल फेसवुकमार्फत सिंहदरबार र राष्ट्रिय प्रतीकको महत्वको व्याख्या गर्दै विरोधी र आन्दोलनकारीलाई कडा शब्दमा चेतावनी दिएका छन्। ‘सुधन गुरुङले भनेछनः जलेको हजार वटा सिंहदरबार बनाइदिन सक्छु, यही संविधानमा टेकेर नेताहरूलाई हान्छौँ। उ जस्ता कुलंगार जन्मिँदैनन अरे।’ वस्नेतले लेखेका छन्–‘सिंहदरबार हाम्रो पहिचान हो, माटो–ढुंगै मात्र होइन। युद्धको दौरान बाह्य शक्तिले आक्रमण गर्दा संसद्, अदालत र कार्यकारी माथि आक्रमण गर्छ त्यो सकेर देश हराउँछन।’

उनले ‘आन्दोलनको नाममा बालबालिकालाई उचालेर विदेशीको खेल मैदान बनाउनेहरू होसमा आऊ। असल मार्गमा फर्क, नत्र इतिहासले कडा मूल्य तिर्न लगाउनेछ।’ भन्दै आग्रहसहितको चेतावनी पनि दिएका छन्।

‘तिमी जस्ता देशद्रोही त बाउ–आमाले मनोरञ्जन गर्दै गर्दा नै जन्मिन्छौ, मिष्टेकले पनि जन्मिन्छौ। सिंहदरबार बनाउन तिम्रा गुरु दलाइ लामाको सबै सम्पति लगाँउदा नि सम्भब छैन।’–उनले भनेका छन्।

वस्नेतको यो स्ट्याटसपछि राजनीतिक वृतमा चासो र आलोचना एकैसाथ निम्त्याएको छ। जनमत र सामाजिक सञ्जालमा प्रतिक्रिया मिश्रित छन्। केहीले बस्नेतको चेतावनी र आलोचनालाई देशहितमा आवश्यक कदम भनेका छन् भने धेरैले कडा भाषालाई आलोचनायोग्य र असभ्य ठानेका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट