मादक पदार्थ सेवन गरी ६० वर्षीय वृद्धको छुरा प्रहार गरी हत्याः धनुषाका युवक पक्राउ

जनकपुर— महोत्तरीको जलेश्वर नगरपालिका–९ मा सोमबार साँझ ६० वर्षीय बेचन रायको छुरा प्रहार गरी हत्या गरिएको छ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका डीएसपी शैलेन्द्र भट्टका अनुसार राय आफनैँ गाउँ नजिकै रहेको आगेपुल क्षेत्रमा हिँडिरहेको समयमा एक युवकले अचानक छुरा प्रहार गरेका थिए। गम्भीर घाइते भएका उनलाई तत्काल प्रादेशिक अस्पताल जलेश्वर पु¥याइए पनि चिकित्सकले मृत घोषणा गरेका थिए।

घटनापछि प्रहरीले धनुषाको नगराइन नगरपालिका–९ फूलगामाका २० वर्षीय अनिलकुमार मण्डल (पप्पु) लाई नियन्त्रणमा लिएको छ। प्रहरीका अनुसार मण्डल मदिरा र लागुऔषधको नशामा थिए र बाटोमा भेटिएका रायसँग सामान्य विवाद भएपछि उनले छुरा प्रहार गरेका थिए।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट