६० किलो सुन तस्करी प्रकरणमा पनि हाई–प्रोफाइललाई उन्मुक्ति !

६० किलो सुन तस्करी प्रकरणमा जोडिएका हाई प्रोफाईलाई उन्मुक्ति दिने गरी तयार सुरु भएको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले यो प्रकरणको मुख्य योजनाकार चिनियाँ गिरोह भएको निष्कर्षसहित अनुसन्धान निष्कर्षमा पु¥याएको र हाईप्रोफाईललाई प्रतिवादी नवनाउने तयारी गरेको छ ।

सीआईबीले मंगलबार वा बुधबार जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंमा रायसहितको प्रतिवेदन बुझाउँदैछ । नेपालमा व्यवस्थापनको जिम्मेवारी भने तिब्बती मुलका बेल्जियन नागरिक दावा छिरिङले लिएको सीआईबीका अनुसन्धान अधिकृतहरु बताउँछन् ।

साउन ३ गते राजस्व अनुसन्धान विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाहिर सुनसहित १५५ किलो ब्रेक प्याड पक्राउ गरेको थियो। त्यसबेला भन्सार एजेन्ट राजेन्द्र राई र ट्याक्सी चालक अशोक लामा पक्राउ परेका थिए ।

विभागले १९ दिनसम्म अनुसन्धान गरेर यसमा संगठित अपराध पनि आकर्षित हुने भन्दै थप अनुसन्धानका लागि सीआईबीलाई जिम्मा लगाएको थियो । सुन जोख्न ६० किलो भएको थियो।

यो प्रकरणमा पक्राउ परेका बेल्जियन नागरिक दावा छिरिङको माओवादी केन्द्रका नेताहरुसँग सम्बन्ध देखिएको थियो । रोल्पाकी माओवादी नेतृ अमला रोकाका श्रीमान् दावाले त्यो सम्बन्धको दुरुपयोग गरेर गैरकानूनी गतिविधि गरिरहेको खुलेको छ ।

सुन प्रकरणमा पूर्वप्रहरी प्रमुख सर्वेन्द्र खनालदेखि धिरजप्रताप सिंहसम्म जोडिए । अध्यागमन विभागका महानिर्देशक झलकराम अधिकारी र विध ल्याबका सञ्चालक भीमकान्त भण्डारीको पनि दावासँग सम्बन्ध रहेको खुल्यो । सीआईबीले अधिकारी, भण्डारी र पूर्वउपराष्ट्रपति पुत्र दिपेश पुनसँग पनि बयान लिएको छ । उनीहरुसँग बयान लिएपनि प्रतिवादी बनाउने गरी आधार नदेखिएको बताएको छ ।

सीआईबीले पक्राउ परेका विदेशी नागरिकमध्ये सौतेन भनिने दिङ सेग फा, अली भनिने ली वेन, स्टेप्स र रोजर भनिने ली नेनकाई, एलेक्स भनिने याओ पुचिङ र तिब्बती मुलकका भारतीय नागरिक टासी भनिने थुप्तेन छिरिङलाई मुख्य आरोपी मानेको छ ।

सीआईबीले कर्मचारीको पनि संलग्नता देखिएको भन्दै भन्सार अधिकृत पुष्पा जोशी, नायब सुब्बाद्वय कमल परियार र वीरेन्द्र नेपालीलाई पक्राउ गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट