होटलको आडमा देह व्यापार, बनेपाबाट पक्राउ परिन सिन्धुपाल्चोककी मनमायाँ

बनेपा– काभ्रेको बनेपा ८ स्थित सगरमाथा गेस्ट हाउसका सञ्चालक ४५ वर्षीया मनमाया तामाङलाई प्रहरीले पक्राउ गरेको हो ।

सिन्धुपाल्चोकको मेलम्ची– ७ की तामाङले होटलको आडमा देह व्यापार गराएको आरोपमा इलाका प्रहरी कार्यालय बनेपाले पक्राउ गरेको हो।

प्रहरीका अनुसार उनले युवतीहरुलाई विभिन्न प्रलोभनमा पारी ग्राहकसँग यौनजन्य क्रियाकलापमा संलग्न गराउँदै आएकी थिईन।

होटलमा युवतीहरुलाई यौनजन्य क्रियाकलापमा संलग्न गराइएको पत्ता पाएपछि प्रहरीको टोलीले तामाङ पक्राउ गरेको इलाका प्रहरी कार्यालय बनेपाका डीएसपी रेशम बोहोराले वताए।

दुई युवतीलाई भने आफन्तको जिम्मा लगाइएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट