पाँचौ सिजनको ‘भ्वाइस अफ नेपाल’ असोज ५ गतेदेखि सुरु

काठमाण्डौं– पाँचौ सिजनको सांगीतिक टेलिभिजन रियालिटी शो भ्वाइस अफ नेपाल असोज ५ गतेदेखि सुरु हुने भएको छ । बुधबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा नयाँ श्रृंखलाको घोषणा गरियो ।

पत्रकार सम्मेलनमा नयाँ सिजनका कोच सार्वजनिक गरिएको छ। यो सिजनमा गायक उदय सोताङ कोचको रुपमा भित्रिएका छन् । यस्तै ‘भ्वाइस किड्स’मा कोच रहेकी मिलन नेवार पनि भ्वाइस अफ नेपाल सिजन ५ को नयाँ कोचमा अनुबन्धित भएकी छन् ।

अघिल्ला चार सिजनमा कोच रहेका प्रमोद खरेलले पाँचौं सिजनमा पनि निरन्तरता पाएका छन् भने चौथो सिजनमा कोच रहेका राजेशपायल राई नयाँ संस्करणमा दोहोरिएका छन् ।

डिजिटल अडिसनमा सहभागी ६० हजार आवेदकमध्येबाट छानिएका १२० भन्दा बढी प्रतिभा ब्लाइन्ड अडिसनमा सहभागी रहेको निर्देशक लक्ष्मण पौडेलले बताए । ब्लाइन्ड अडिसनबाट छनोट ६४ प्रतिभाले ब्याटल राउण्डमा प्रतिस्पर्धा गर्ने भएका छन् ।

पाँचौं संस्करणमा ‘ब्लक्ड’ नियम थपिएको छ । एउटा कोचले अर्को कोचलाई कमजोर बनाउन र आफूलाई बलियो देखाउन यो नियम थपिएको र यसले प्रतिस्पर्धालाई रोचक बनाउने पौडेलले बताए ।

नकआउट चरणमा नौ जना प्रतिस्पर्धीले सामूहिक रुपमा रुपमा प्रस्तुती दिनेछन्।

हिमालय टेलिभिजनका अध्यक्ष धर्मराज भुसाले पाँचौं सिजन आयोजनाको लागि आफूहरुसामु चुनौती रहेको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट