काठमाडौंको गैह्रीगाउँमा एकै परिवारका ३ सहित चार जनाको हत्या, एक जना पक्राउ

काठमाडौं– काठमाडौंको तीनकुनेस्थित गैह्रीगाउँमा रहेको दिव्य सःमिलमा धारिलो हतियार प्रयोग गरी एक परिवारका तीनसहित चार जनाको हत्या भएको छ ।
काठ मिलमा सुरक्षा गार्ड रहेका दोलखाका ५५ वर्षिय कुमार भुजेल, उनकी श्रीमती अम्बिका भुजेल र ७६ वर्षकी आमा सुभद्रा भुजेलको हत्या भएको छ। समेत हत्या भएको छ । त्यस्तै मोरङको बेलबारीका अन्दाजी १९÷२० वर्षीय नवीन राईको पनि हत्या भएको छ ।
मृतक सबैको टाउको तथा शरीरको विभिन्न भागमा धारिलो हतियारको चोट छ। प्रहरीले घटनास्थलबाट सोधपुछका लागि काठमाडौंको तीनकुने बस्ने २८ वर्षीय दीपेन्द्र राईलाई नियन्त्रणमा लिइएको छ ।
पक्राउ परेका राईले मदिरा सेवन गरेको पाईएको छ। शनिबार बिहान घटनास्थलको मुचुल्का उठाई शवहरू पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल पठाइसकिएको प्रहरीले जनाएको छ।
घटना राति करिव साढे ११ बजेतिरको भएको अनुमान गरिएको छ । घटनाको अनुसन्धानका लागि तालिमप्राप्त प्रहरी र कुकुरको समेत परिचालन गरिएको छ । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।