सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ आज पनि स्थगित, अर्को मिति अनिश्चित

काठमाडौं– क्रिकेटर सन्दीप लामिछाने विरुद्धको मुद्दाको सुनुवाई आज पनि स्थगित भएको छ। नाबालिका बलात्कारको आरोप लागेका लामिछानेविरुद्ध काठमाण्डौं जिल्ला अदालतमा मुद्दा विचाराधिन छ।

जिल्ला अदालत काठमाडौंका केही न्यायाधीश बढुवा भएर जान लागेको, केहीको सरुवा भएको र केही तीजको कारण विदामा रहेकाले सुनुवाइ स्थगित भएको हो ।

अर्को सुनुवाईको मिति तोकिएको छैन । सन्दीपले एकजना १७ वर्षीया किशोरीलाई बलात्कार गरेको अभियोग छ। ती किशोरीले गौशालाको एक होटलमा लगेर आफूलाई सन्दीपले पटक–पटक बलात्कार गरेको आरोप लगाएकी छिन्।

उनले ०८९ भदौ २१ गते प्रहरी वृत्त गौशालामा सन्दीप विरुद्ध जाहेरी दिएकी थिइन्। उजुरीमा भदौ ५ गते काठमाडौं र भक्तपुरको विभिन्न स्थानहरूमा लगी काठमाडौं ल्याई रातको करिव ११ः५५ बजे होटलको कोठा नं. ३०५ मा र भदौ ६ गते रातको करिव १२ः२५ बजे पटक पटक बलात्कार गरेको आरोप छ।

त्यस वेला उनी क्यारेबियन प्रिमियर लिग खेल्न वेस्ट इन्डिजमा थिए। उजुरी परेको जानकारी पाएपछि सन्दीपले नेपाल फर्किन ढिला गरेर सम्पर्क विहिन भए।

प्रहरीले रेडकर्नर नोटिस जारी गर्न लागेपछि उनी स्वदेश फर्किए। उनी प्रहरी कार्यालयमा आत्मसमर्पण गर्न चाहान्थे। प्रहरीसँग उनले यो विषयलाई आग्रहका रुपमा प्रश्तुत गरे। तर, प्रहरीले उनको प्रस्ताव अस्विकार गर्दै विमानस्थलबाट पक्राउ गरेर हतकडी लगाएको थियो।

पछि थुनछेक बहसका क्रममा जिल्ला अदालत काठमाडौंले सन्दीपलाई पुर्पक्षका लागि थुनामा पठायो। तर उच्च अदालत पाटनले ५ सर्तसहित २० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएपछि उनी रिहा भए। त्ययसपछि सर्वोच्च अदालतले उनलाई विदेश जान लगाइएको प्रतिबन्ध पनि हटाउन आदेश दिएको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट