एमसीसी प्रकरणमा माधव नेपाल र झलनाथ खनालको घोचपेज

काठमाडौं– मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) का विषयमा नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनालबीच घोचपेच सुरु भएको छ।

पूर्वप्रधानमन्त्री समेत रहेका खनाल एमसीसीको विपक्षमा छन। एमसीसीलाई आइपीएसको अंग भएको भन्दै कुनै हालतमा सम्झौता लागू गर्न नहुने उनको चेतावनी छ। यता, अध्यक्ष नेपाल संसदबाट संशोधनसहित एमसीसी पास गरेर राम्रो काम गरेको भन्ने पक्षमा छन् र त्यसो गरेकोमा जस लिन चाहान्छन्।

दुई नेताको यही दुई थरी धारणाका कारण उनीहरुबीच वेलावेलामा भनाभन हुँदै आएको छ। यसैक्रममा अध्यक्ष नेपालले ‘एमसीसी सम्झौता संशोधनसहित संसदबाट पारित नगरेको भए नेपालको हात तल पर्थ्यो’ भन्दै आफनो वचाउ र खनालतर्फ कटाक्ष गरेका छन्।

पार्टीले सोमबार काठमाण्डौंमा गरेको कार्यक्रममा उनले आफ्नो अडानका कारण एमसीसी सम्झौता संशोधन भएको जिकिर पनि गरे। खनालप्रति इंगित गर्दै उननले एमसीसीको गीत गाएर पार्टी कमजोर बनाउने र अमेरिकाको स्वार्थ संरक्षण गरेको आरोप लगाए ।

‘केही केही मान्छेको गीत नै के छ भने एमसीसीलाई अस्वीकार गर्नुपर्थ्यो। त्यो गरेर हामीलाई सरकारबाट फाल्दिने, पार्टीलाई कमजोर बनाउने, अमेरिकनको स्वार्थको रक्षा हुने, विदेशीको हालीमुहाली चल्दा तमासा हेरेर बस्ने, अनि जनताले हामीलाई वाहा वाहा क्रान्तिकारी भनेर साथ दिने थिए भनेर हवाई कल्पना गरेर मात्र केही हुने थिएन’– उनले भने।

उनले अगाडि भने–‘हामी सबैलाई थाहा छ । एमसीसीको घोर विरोध गरेको नेपाल मजदुर किसान पार्टी वाही वाहीको शिकार हुन्थ्यो भने अहिले देशभर फैलिसक्थ्यो । मोहनविक्रमजीको पार्टीलाई भोटै भोट खसालेर १०० सिट दिने थिए ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट