सरकारले यत्रो सुन तस्करी गरेको छ, अहिले स्वर्ण युग नआएर कहिले आउँछ ?: ओली

काठमाण्डौं– नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकार आफैं सुन तस्करीमा लागेर स्वर्ण युगको झल्को दिएको आरोप लगाएका छन्।

शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रममा सरकारमा वसेकाहरु स्वर्ण युग आयो भन्दै हिडेको बताएका उनले सुन तस्करी गरेर त्यस्को पुष्टि पनि गरेको वताए। उनले भने–‘सुन तस्करीको धन्दा चलाउनेहरु आफैंले स्वर्ण युग आयो भनेर भनिरहेका छन्।’

चिल आयो, चिल आयो भनेर देखाउने अनि कुखुरा आफू बोकेर कुद्ने शैली सरकारले अपनाएको ओलीले बताए।

‘सुन त यहाँ ब्रेक शुमा सुनैसुन, भेपमा सुनैसुन, सिग्रेट खान खोज्यो सुनैसुन, पानी चलाउने मोटर ल्यायो, सुनैसुन। जे छोयो, त्यो सुनैसुन।’ उनले भने–‘स्वर्ण युग आयो भन्दैछ सरकार। यति सुन आएको छ, फेरि स्वर्ण युग नआए कहिले आउँछ त? स्वर्ण युग नै आएको छ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट