भारतका रोहित शर्माको रेकर्ड तोडर टी–२०आई क्रिकेटमा कुशल मल्लले बनाए विश्व कीर्तिमान

काठमाण्डौं– चीनको हान्झाउमा जारी पुरुष क्रिकेट अन्तर्गत नेपालका अलराउण्डर कुशल मल्लले टी–२०आई क्रिकेटमा विश्व कीर्तिमान बनाएका छन्। मंगोलिया विरुद्ध अहिले भइरहेको खेलमा मल्लले ३४ बलमा शतक पूरा गर्दै विश्व कीर्तिमान बनाएका हुन् ।

दक्षिण अफ्रिकाका डेविड मिलर, भारतका रोहित शर्मा र चेक रिपब्लिकका सुदेश विक्रमाशेखरले ३५ बलमा शतक प्रहार गर्दै बनाएको कीर्तिमान मल्लले तोडेका हुन्। यसअघि नेपाली राष्ट्रिय टिमका पूर्व कप्तान पारस खड्काले २०१९ मा सिंगापुर विरुद्ध ४९ बलमा शतक बनाएका थिए।

जेजियाङ युनिभर्सिटी अफ टेक्नोलोजी फिनफेङ क्रिकेट फिल्डमा भइरहेको खेलमा कुशल मल्लले ३४ बल खेल्दै ६ चौका र ९ छक्का मद्दतमा शतक पूरा गरेका थिए। मल्ल नेपालका लागि टी–२० आईमा शतक प्रहार गर्ने पाँचौ खेलाडी हुन् । यसअघि पूर्व कप्तानद्वय पारस खड्का र ज्ञानेन्द्र मल्ल तथा दीपेन्द्र सिंह ऐरी र कुशल भुर्तेलले टी–२०आईमा शतक प्रहार गरेका छन् ।

नेपालका लागि टी–२०आईमा व्यक्तिगत उच्च रन बनाउने कीर्तिमान पनि कुशल मल्लले बनाएका छन् । यसअघिको व्यक्तिगत उच्च स्कोर दीपेन्द्र सिंहले बनाएका थिए । उनले नटआउट ११० रन बनाएका थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट