मान्छे मार्न उक्साएपछि पक्राउ परेका हुन श्रीनिवास

इटहरी– मान्छे मार्न उक्साएपछि धर्मगूरु श्रीनिवास आचार्य पक्राउ परेको खुलेको छ। उनलाई मंगलबार साँझ सुनसरीको चक्रघट्टीबाट प्रहरीले पक्राउ गरेको हो।

साम्प्रदायिक र धार्मिक हिंसा भड्काउन खोजेको आरोप उनीमाथि छ। उनले केही दिन अगाडि जनकपुरमा आयोजित एक कार्यक्रममा गौहत्या गर्नेहरुलाई हत्या गर्न आव्हान गर्दै चर्को भाषण गरेका थिए ।

गौ हत्या गर्ने जो कोहीलाई हत्या गरेर आए त्यसको आफूले जिम्मा लिने उनको अभिव्यक्ति थियो । उनले हातमा खुकुरी बोकेर भनेका थिए–‘गौहत्या गर्नेलाई हत्या गरेर कोही आउँछ भने उसको म सम्पूर्ण सुरक्षा गर्नेछु । राज्यले अपराधी करार गरेर समातेको खण्डमा म उसको सबै परिवारको पालन पोषण गर्छु ।’

आचार्यको यो अभिव्यक्ति सामाजिक संजालमा भाइरल भएको थियो ।

सुनसरीका डिएसपी नविन कृष्ण भण्डारीले प्रहरीले श्रीनिवासलाई प्रहरी कार्यालयमा उपस्थित गराउन नियन्त्रणमा लिइएको बताए । अहिले उनी सुनसरी प्रहरीको हिरासतमा छन्। यसअघि आचार्य आफैँलाई गोली हानेको आरोपमा पक्राउ परेका थिए । २०७४ चैत २५ गते उनलाई गोली प्रहार भएको थियो ।

तर, अनुसन्धानका क्रममा आफैँले योजना बनाएर गोली हान्न लगाएको देखिएपछि आचार्य पक्राउ परेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट