विश्वकिर्तिमानको ओइरो लगाएका दीपेन्द्रसिंह ऐरी जवानबाट सहायक हवल्दारमा बढुवा

काठमाडौं– नेपाल प्रहरीले क्रिकेटर दीपेन्द्रसिंह ऐरीलाई प्रहरी जवानबाट सहायक हवल्दारमा बढुवा गरेको छ।

चीनको हाङझाउमा १९औं एसियाली खेलकुदमा रेकर्ड बनाएको भन्दै आइजिपी बसन्त कुँवरले ऐरीको विशेष बढुवा गरेको डिआइजी कुवेर कडायतले बताए।

असोज १० गते हाङझाउ एसियाली खेलकुद अन्तर्गत नेपालले पुरूष क्रिकेटको आफ्नो पहिलो खेलमा कीर्तिमानको ओइरो लगाएको थियो।

मंगोलियाविरूद्ध खेलमा दीपेन्द्रसिंह ऐरीले ९ बलमा अर्धशतक प्रहार गर्दै विश्व कीर्तिमान बनाएका थिए।

झेजियाङ युनिभर्सिटी अफ टेक्नोलोजी पिङफेङ क्रिकेट मैदानमा उनले १२ बलको विश्व कीर्तिमान पनि भंग गरेका थिए। यो कीर्तिमान भारतका युवराज सिंहको नाममा थियो। दीपेन्द्रले १९ औं ओभरका पछिल्ला पाँच बलमा ५ छक्का हिर्काएका थिए।

अर्को ओभरको दोस्रो बलमा पनि छक्का हिर्काएपछि उनले ६ बलमा ६ छक्का प्रहार गर्ने अर्को विश्व कीर्तिमान बनाएका थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट