गल्ति स्विकार गरेपछि सीडीओ कार्यालयमा ५ सय वुझाएर रिहा भए आचार्य श्रीनिवास
जनकपुर– सार्वजनिक शान्तिविरुद्धको कसुरमा पक्राउ परेका हिन्दू धर्मगुरु श्रीनिवास आचार्य विहिवार रिहा भएका छन्।
जिल्ला प्रशासन कार्यालयमा पाँच सय रुपैयाँ बुझाएर उनी रिहा भएका हुन्। उनी पक्राउ परेपछि हिन्दू धार्मिक संगठनहरुले बिनाशर्त रिहाइको माग गर्दै आएका थिए।
सुनसरीको चक्रघट्टीमा बस्दै आएका आचार्य मंगलबार बेलुका पक्राउ परेका थिए। उनले केही दिन अगाडि गौहत्या गर्नेहरुलाई हत्या गर्न आह्वान गर्दै चर्को भाषण गरेका थिए।
गौ हत्या गर्ने जो कोहीलाई हत्या गरेर आए त्यसको आफूले जिम्मा लिने उनले विवादित अभिव्यक्ति दिएका थिए।
प्रहरीमा बयान दिदा भने उनले आफुले त्यो अभिब्यक्ति दिएर गल्ति गरेको वताएका थिए। उनी यसअघि २०७४ चैत २५ गते आफैंलाई गोली हाल्न लगाएको आरोपमा पनि पक्राउ परेका थिए।
प्रतिक्रिया