अपराध अनुशन्धानमा एफबीआईले प्रयोग गर्दै गरेको ‘ब्रेन म्यापिङ’ विधि पहिलो पटक नेपालमा

काठमाडौं– अपराध अनुशन्धानमा अमेरिकाको फेडरल ब्यूरो अफ इन्भेष्टिगेसन (एफबीआई) ले धेरै प्रयोगमा ल्याईरहेको ‘ब्रेन म्यापिङ’ बिधी नेपालमा पहिलो पटक प्रयोगमा ल्याईएको छ।

दुई साताअघि काठमाण्डौंको तीनकुने स्थित दीब्य सःमिलमा भएको सामूहिक हत्या प्रकरणको अनुशन्धानमा यो विधि प्रयोग गरिएको हो। ब्रेन म्यापिङमार्फत मस्तिष्कभित्र संग्रह भएका तरंगको चाल अनुसार सम्बन्धित व्यक्तिले सत्य बोलिरहेको छ/छैन भन्ने संकेत पाउन सकिन्छ ।

यो विधि भारतमा पनि लागूऔषधसम्बन्धी अपराध अनुसन्धानमा प्रयोग हुने गरेको छ । परम्परागत शैलीबाट अनुसन्धानमा ब्रेक लागेका बेला आपराधिक रहस्य खुलाउनका लागि फरेन्सिकमा ब्रेन म्यापिङ विधि भारतमा प्रयोग हुने गरेको छ ।

तीनकुने हत्या प्रकरणमा संलग्न भएको आरोपमा पक्राउ परेका सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–९ घर भएका २३ वर्षीय सञ्जय भण्डारी बोल्न नसक्ने र सांकेतिक भाषाका विज्ञको सहयोगमा लिईएको बयानमा एकपछि अर्को सनसनीपूर्ण खुलासा गर्न थालेपछि ब्रेन म्यापिङ बिधिको प्रयोग गरिएको हो।

भण्डारीले आफुले अहिलेसम्म ६ वटा हत्या गरिसकेको भन्दै अनुशन्धानबाट पुष्टि गर्न प्रहरीलाई चुनौती दिईरहेका छन्। रातोपुल, भत्केको पुल, बालुवाटार लगायतका क्षेत्रमा ६ जनाको हत्या गरेको वताएका उनको दावी प्रहरीले अनुशन्धानबाट पुष्टि गर्न सकेको छैन।

त्यसैले पोलिग्राफ सम्भव नहुने निष्कर्षपछि ब्रेन म्यापिङ गराइएको अनुसन्धानमा संलग्न एक अधिकृतले बताए। एउटा सरकारी अस्पतालमा कार्यरत मनोचिकित्सकको नेतृत्वमा भण्डारीको ब्रेन म्यापिङ भएको उनले वताए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट