इजरायलमा रकेट आक्रमणमा परी ७ जना नेपाली घाइते

काठमाडौँ —दक्षिणी इजरायलको अलुमिन किबुजमा प्यालेस्टिनी विद्रोही समूह हमासको रकेट आक्रमणमा परी ७ जना नेपाली घाइते भएका छन् । कृषि फार्ममा कार्यरत नेपाली विद्यार्थी आक्रमणमा घाईते भएका हुन।

‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत कृषि फार्ममा काम गर्न इजरायल पुगेका उनीहरु घाईते भएको हर्जेलियामा रहेका इजरायलका लागि नेपाली राजदूत कान्ता रिजालले जानकारी दिईन। सोही कृषि फार्मको आवासमा रहेका घाइते ७ सहित १७ जना विद्यार्थीहरू आक्रमणकारीको घेरामा रहेको उनको भनाई छ।

रिजालाका अनुसार विद्रोहीले उनीहरू रहेको क्षेत्रलाई कब्जामा लिएका छन्। उनीहरू बसेको घरबाहिर हतियारधारी हमासको समूहले घेरा हालेर राखेको छ।

शनिबार बिहानैदेखि प्यालेस्टिनी विद्रोही समूह हमासले गाजाबाट इजरायली भूमिमा रकेट आक्रमण गरेपछि इजरायली सेनाले जवाफी आक्रमण सुरु गरेको हो । हमासको आक्रमणमा कम्तीमा २२ जनाको मृत्यु भएको जनाएको छ । इजरायली स्वास्थ्य मन्त्रालयले ‘प्यालेस्टिनी आक्रमण’ मा अहिलेसम्म ५४५ जना घाइते भएको जनाएको छ ।

हमास नेता मोहम्मद डेफले शनिबार बिहान इजरायलतर्फ करिब ५ हजार रकेट आक्रमण गरेको बताएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट