प्रमुख प्रशासकीय अधिकृत र महिला कर्मचारीको प्रेम प्रकरणमा कार्यालय सहयोगीको रामधुलाई

विराटनगर– पाँचथरको याङ्वरक गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुमन लिङ्देन र एक जना महिला कर्मचारीको प्रेम प्रसंगमा कार्यालय सहयोगी छत्रप्रसाद सुवेदी कुटिएका छन्।

प्रमुख प्रशासकीय अधिकृत लिङ्देनले सुवेदीलाई कुटपिट गरेका हुन। आईतवार भएको कुटपिटबाट सुवेदीको दायाँतर्फको आँखामा चोट लागेको छ । उनको जिल्ला अस्पताल पाँचथरमा उपचार भएको छ ।

स्रोतका अनुसार प्रमुख प्रशासकीय अधिकृत लिङ्देन र गाउँपालिकाकै एक जना महिला कर्मचारीबीच लामो समयदेखि प्रेम सम्बन्ध छ । उनीहरूको प्रेम सम्बन्ध यसअघि सार्वजनिक भएको थियो। अन्य कर्मचारी, जनप्रतिनिधि र स्थानीयवासी समेत उनीहरूको सम्बन्धबारे जानकार छन् ।

यही प्रकरणमा लिङदेनले सुवेदीलाई कुटपिट गरेको अनुमान गरिएको छ। तर, कुटपिटको बास्तविक्ता अहिलेसम्म सार्वजनिक भएको छैन। जानकारी अनुसार सुवेदीको नाममा भएको सिमबाट लिङ्देनको मोवाईलमा एउटा म्यासेज सेन्ड भएको छ। तर म्यासेजमा के छ भन्ने पनि खुलेको छैन।

सोही म्यासेजका विषयमा लिङदेनले आइतबार बिहान क्वार्टरमै बोलाएर सुवेदीलाई कुटपिट गरेको जनाईएको छ।

जिल्ला समन्वय समिति पाँचथरका प्रमुख रामराज आङ्देम्बेले दुवैलाई छलफलमा राखेर मेलमिलाप गराउने प्रयास गरेको जनाईएको छ। कुुटपिटमा संलग्न प्रमुख प्रशासकीय अधिकृत लिङ्देनले घटनाबारे प्रतिक्रिया दिएका छैनन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट