चिर्पटले हानेर सासूको हत्या गरी भकारीमा शव लुकाउने वुहारीको पर्दाफास

काठमाडौं– सल्यानमा चिर्पटले हानेर सासूको हत्या गरी भकारीमा शव लुकाउने बुहारीको प्रहरीले पर्दाफास गरेको छ।

शिद्धकुमाख गाउँपालिका–४ खार्बनकी ४९ वर्षीया गणेशी रोकाको हत्या गरेको आरोपमा उनकै कान्छि वुहारी १८ वर्षीया शर्मिला बुढाथोकी असोज १९ गते पक्राउ परीसकेकी छिन्।

वनगाड कपिन्डे नगरपालिका–९ सेराकी शर्मिलाले गत वैशाखमा मात्रै गणेशीका कान्छा छोरा २१ वर्षिय अमरसँग प्रेम विवाह गरेकी थिईन। विवाह ६ महिना नवित्दै सासूको हत्या गरेर उनी प्रहरी हिरासतमा पुगेकी छिन्।

गणेशी असोज १५ गतेदेखि बेपत्ता भनिएकी थिईन। गाउँले र आफन्तले जताततै उनको खोजी गरे, प्रहरीले पनि उनको खोजी गर्यो। तर गणेशी अत्तापत्तो लागेन। वहिनी वेपत्ता भएको खवर सुनेर उनका दाजु बलवीर बस्नेत पनि त्यहाँ पुगे।

उनले नै घरभित्रको धान राख्ने काठको भकारीमा शव लुकाएर राखेको फेला पारेपछि प्रहरीलाई सूचना दिएका थिए। घरभित्रबाट गन्ध आउन थालेपछि भकारीमा हेर्दा असोज १७ गते गणेशीको शव फेला परेको जनाईएको छ।

प्रहरीका अनुसार सामान्य भनाभनमा शर्मिलाले घरमा कोही नभएको मौका छोपी सासूको हत्या गरेको खुलेको छ। उनले दाउराले टाउकोमा हानी लडाएपछि सलले घाँटी थिचेर हत्या गरी जोगिन धानको भकारीभित्र शव लुकाएर राखेको तथ्य खुलेको डिएसपी …………… कार्कीले जानकारी दिए।

घटना अनुसन्धानमा संलग्न इन्स्पेक्टर गोपालप्रसाद श्रेष्ठका अनुसार असोज १५ गते बिहान शर्मिला र उनकी सासू गणेशीबीच धान माड्न खेतमा गएका बखत सामान्य भनाभन भएको थियो। सोही दिन दिउँसोमा पनि सासूबुहारी फेरि खेतमा गए। त्यतिखेर पनि सासूबुहारीबीच विवाद भयो।

घरमा आएर पनि फेरि विवाद भयो। त्यही विवादका क्रममा शर्मिलाले दाउराको चिर्पटले सासूलाई टाउकोमा प्रहार गरेकी थिइन्। लडेर छटपटाउन थालेपछि गणेशीकै टाउकोमा बाँधेको सल निकालेर घाँटीमा कसेर हत्या गरेको खुलेको श्रेष्ठले बताए।

सासू मरिसकेको यकिन भएपछि उनले तल्लो तलाको धान राख्न बनाइएको काठको भकारीमा शव लुकाएकी थिईन। गणेशी तीन छोरा, दुई बुहारी र एक छोरी छन्। उनका श्रीमान तेजबहादुर भने रोजगारीका लागि भारत छन्।

घट्ना भएको दिन अमर मामाघर गएका थिए भने छोरी विद्यालय गएकी थिइन्। बेलुका श्रीमान र नन्द आउँदा सासू बिहान मकै बारीतिर गएको र फर्किएर नआएको भनेर घटना लुकाउन खोजेकी थिइन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट