तीन वटै सुरक्षा प्रमुख एकै पटक देश वाहिरः संयोग हो की सुरक्षाको बेवास्ता ?

काठमाडौं– नजिकिँदो चाडबाड, देशमा वढिरहेको अराजक्ता र विश्व घट्नाक्रमलाई वेवास्ता गर्दै नेपालका तीनवटै सुरक्षा निकायका प्रमुख एकसाथ देशबाहिर गएका छन्।

नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मा आइतबार बेलायत प्रस्थान गरेका छन्। उनी असोज २७ गतेमात्रै स्वदेश फर्किने कार्यक्रम छ। बेलायतका चिफ अफ द जनरल स्टाफ प्याट्रिक स्यान्डर्सको निमन्त्रणामा औपचारिक भ्रमणका लागि उनी त्यहाँ पुगेका हुन्।

प्रधानसेनापतिको टोलीमा उनका स्टाफ अधिकृतहरू र सैनिक तालिम महानिर्देशनालयका उपरथी सन्तोष कुमार ढकाल सहभागी छन्। प्रधानसेनापति शर्माको अनुपस्थितिमा बलाधिकृत रथी सरोज प्रताप राणाले कायममुकायम प्रधानसेनापतिको कार्यभार सम्हालेका छन्।

बेलायत भ्रमणपश्चात प्रधानसेनापति शर्मा असोज २७ गते मात्रै फर्किने कार्यक्रम छ।

यस्तै नेपाल प्रहरीका महानिरीक्षक बसन्तबहादुर कुँवर पनि अहिले वेलायतमै छ। उनी गत शनिबार बेलायतका लागि प्रस्थान गरेका थिए।

असोज २२ गतेदेखि २६ गतेसम्म सञ्चालन हुने सुरक्षा र न्याय सुदृढिकरणका लागि एकीकृत कार्यक्रममा सहभागी हुन कुँवर त्यहाँ पुगेका हुन्। उनीसँगै प्रहरी नायब महानिरीक्षक विष्णुकुमार केसी र दुई एसएसपी पनि बेलायतमा छन्।

कुँवरले एआईजी टेकप्रसाद राईलाई निमित्त प्रहरी महानिरीक्षकको जिम्मेवारी दिएका थिए। तर निमित्त प्रहरी प्रमुख टेकप्रसाद राई पनि अमेरिकाको सान डिएगो, क्यालिफोर्नियामा असोज २७ देखि ३० गतेसम्म सञ्चालन हुने इन्टरनेसनल एसोसिएसन अफ चिफ अफ पुलिस कन्फरेन्स विषयक कार्यक्रममा सहभागी हुन मंगलबार अमेरिका प्रस्थान गरेका छन्।

उनीसँग प्रहरी नायब महानिरीक्षकद्वय दुर्गा सिंह र केदार ढकाल पनि उतै गएका छन्।

सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल पनि इन्टरनेसनल एसोसिएसन अफ चिफ अफ पुलिस कन्फरेन्स विषयक कार्यक्रममा सहभागी हुन अमेरिकामै छन्। उनीसँग सशस्त्र प्रहरी नायब महानिरीक्षक शम्भु सुवेदी पनि छन्।

सशस्त्र प्रहरी महानिरीक्षक अर्यालले सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणदत्त पौडेललाई निमित्त महानिरीक्षकको जिम्मेवारी दिइएका छन।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट