गठवन्धनप्रति एमाले नेता बस्नेतले ब्यंग्यः हाँस थुने कुखुरा फुत्कने, कुखुरा थुने हाँस फुत्कने

काठमाडौं–नेकपा एमालेका पोलिटब्यूरो सदस्य एवं सांसद महेश बस्नेतले ‘हाँस थुने कुखुरा फुत्कने, कुखुरा थुने हाँस फुत्कने किसानको जस्तो हालत’ भन्दै सत्तागठवन्धनप्रति ब्यंग्य गरेका छन्।

कोशी प्रदेशमा सरकार गठन गर्ने क्रममा कांग्रेसका ८ जना सांसद फुत्किँदा मुख्यमन्त्री गुमाउँनु परेको प्रसंगमा उनले यस्तो ब्यंग्य गरेका हुन। नेकपा माओवादी केन्द्रका संसदिय दलका नेता इन्द्र आङ्बोलाई मुख्यमन्त्री बनाउने नेपाली कांग्रेस र सत्ता गठवन्धनको निर्णय विपरित डा. शेखर कोईराला पक्षका नेता केदार कार्की मुख्यमन्त्रीमा नियुक्त भएको प्रसंगमा उनले गठवन्धनप्रति ब्यंग्य गरे।

मुख्यमन्त्री नियुक्ति हुनुपुर्व राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल लगायतले दबाब दिएर कार्कीको दावी फिर्ता गराउन खोजेका थिए। तर, एमालेसँग मिलेर कार्की मुख्यमन्त्री भए। त्यसैवेला कांग्रेस सभापति शेरवहादुर देउवा र प्रधानमन्त्री दाहालले शेखर कोईरालालाई बोलाएर ‘गठवन्धनप्रति बफादर रहने’ सहमतिको कागजमा हस्ताक्षर गराए।

सोही सहमतिको कागज फेसवुकमा पोष्ट गर्दै वस्नेतले लेखेका छन्–‘आज बिहान बसेको ३ नेताको बैठकले हामी गठबन्धनमा रहने प्रतिबद्धतासहित कोशी प्रदेशमा नि सोही अनुसार हुने बताउनु भएको छ। बिचरा प्रचण्ड र देउबा सत्ता जोगाउनको लागी के के मात्रै गर्नु पर्ने हो । हाँस थुने कुखुरा फुत्कने कुखुरा थुने हाँस फुत्कने किसानको जस्तो हालतमा छ गठबन्धन ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट