योनीभित्र हेरोइन बोकेर हिडेकी किशोरी पक्राउ

काठमाडौं– योनीभित्र लागु औषध (खैरो हेरोईन) बोकेर हिडेकी एक किशोरीलाई धनगढी प्रहरीले पक्राउ गरेको छ।

धनगढी उपमहानगरपालिका–१ पशुपतिटोलकी २० वर्षीया अनुष्कासिंह ठकुरीलाई प्रहरीले पक्राउ गरेको हो।

ठकुरीले योनिभित्र लुकाएको अवस्थामा एक ग्राम खैरो हेरोइन बरामद भएको जिल्ला प्रहरी कार्यालय धनगढीले जनाएको छ।

त्रिनगर नाकामा रहेको हेल्थ डेस्ककी महिला स्वास्थ्यकर्मी र प्रहरीले उनको योनिबाट लागुऔषध निकालेका थिए।

उनले यसअघि पनि योनीमा लुकाएर धेरै पटक लागुऔषध ओसार–पसार गरेको प्रहरीले जनाएको छ। ठकुरीको विषयमा थप अनुसन्धान भइरहेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट