एमाले नेता सुरेन्द्र पाण्डेले तोके प्रचण्ड सरकारको आयु– बढिमा २ महिना जान्छ

काठमाडौं– नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले पुष्पकमल दाहाल नेतृत्वको सरकारको आयु दुई महिना तोकेका छन्। मंसिरपछि माओवादी केन्द्रका अध्यक्ष दाहाल नेतृत्वको वर्तमान सरकार ढल्ने उनले दाबी गरे।

कोशीमा नयाँ सरकार गठनको प्रक्रियाले पनि उक्त कुरा पुष्टि गरेको पौडेलको भनाइ छ । उनले केही समयमै अहिलेको राजनीतिक समीकरण परिवर्तन हुने दावी गरे।

रामेछाप–काठमाडौं सम्पर्क मञ्चको एक कार्यक्रमलाई सम्बोधन गर्दै पाण्डेले भने, ‘अहिले जुन परिस्थिति कोशीमा देखिएको छ । यसले के संकेत गरिरहेको छ भने । १, २ महिनाभित्रमा अहिलेको सरकार बदलिएर नयाँ राजनीतिक समीकरणमा जान्छ भन्ने मैले देखिरहेको छ । मंसिरसम्म यो सरकारको आयु २ महिना राखिदिए हुन्छ ।’

संघीय सरकारको समीकरण परिवर्तनको सवालमा आफूले सुनेको भरमा अभिव्यक्ति दिएको नभई केही तथ्य र सूचनाहरू प्राप्त गरेको उनले दाबी गरे ।

शनिबार मात्रै कोशी प्रदेशमा नेपाली कांग्रेसका नेता केदार कार्की विद्रोह गर्दै नेकपा एमालेको समर्थनमा मुख्यमन्त्री बनेका थिए । उनले आइतबार पद तथा गोपनीयताको शपथ लिने छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट