नेपालमा लुटेर राखेको सम्पति विदेश लान सरकारले वैधानिक बाटो खोलिदियोः प्रभु साह

राजविराज– आम जनता पार्टीका अध्यक्ष एवम् सांसद प्रभु साहले सरकारले गैरआवासीय नेपालीलाई नागरिकता वितरण गरेर नेपालमा लुटेर राखेको सम्पति विदेश लैजाने वैधानिक बाटो खोलिदिएको आरोप लगाएका छन्।

पूर्वमन्त्री समेत रहेका साहले गैरआवासीय नेपालीलाई नागरिकता दिनु राष्ट्रघाती काम भएको वताएका छन्। उनले भन्दै सामाजिक संजालमार्फत सरकारको अपराधजन्य कार्यका विरुद्ध आम जनता एक भएर प्रतिवादमा उत्रनुपर्ने उनको भनाई छ।

गैरआवासीय नागरिकता वितरणले विदेशी नागरिकता लिएका नेपालीहरुको नेपालमा रोकिएको अचल सम्पति बेचबिखन गरि विदेश लैजाने बाटो खुल्ने उनको तर्क छ। ‘खर्बो खर्बको चल सम्पति अवैध ढंगले विदेश पु¥याइसकेका तिनिहरुले अब आफनो अचल सम्पति पनि खुलेआम विदेश लान पाउँनेछन’, उनले भनेका छन्, ‘नेपालमा लुटेर राखेको सम्पति समेत विदेश लैजानलाई अब कानुनी समस्या हुनेछैन ।’

दुनियाँमा कही नभएको दोहरो नागरिकताको प्रावधानले नेपाल छिट्टै खोक्रो हुने उनले टिप्पणी गरेका छन् । ‘विदेशी लगानी नेपाल ल्याउनलाई यो दोहोरो नागरिकताको प्रावधान ल्याइएको भन्ने हल्ला मचाएर आज ठुलो राष्ट्रघाती कार्य हुँदैछ’, उनले भनेका छन्।

प्रधानमन्त्री पुष्पकमल दाहालले बालुवाटारमा आयोजित एक कार्यक्रममा आज बिहान गैरआवासीय नागरिकता प्रदान गर्ने कामको थालनी गरेका हुन। कार्यक्रममा प्रधानमन्त्री दाहालले एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद्का अध्यक्षद्वय कुल आचार्य र बद्री केसीलाई नागरिकता प्रदान गर्दै गैरआवासीय नागरिकता वितरणको सुरुआत गरेका हुन् ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले असोज २९ गते कार्यकारी अध्यक्ष केसी र जिल्ला प्रशासन कार्यालय पर्वतले असोज २८ गते अध्यक्ष आचार्यका नाममा नागरिकता जारी गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट