रवि प्रकरणले चर्चित युवराज सफलले पोल्याण्डको वार्सा क्षेत्रका कन्सुलर विरुद्ध दर्ता गराए निवेदन

राष्ट्रिय स्वतन्त्र पार्टीबाट गृहमन्त्री बनेका रवि लामिछाने विरुद्ध मुद्दा दर्ता गराएर पदमुक्त गराएका कारण चर्चामा आएका नेपाल समाजवादी मोर्चाका संयोजक युवराज सफलले पोल्याण्डको वार्सा क्षेत्रका अवैतनिक वाणिज्यदूत (कन्सुलर) रहेका डा. बोधराज सुवेदी विरुद्ध परराष्ट्र मन्त्रालयमा निवेदन दर्ता गरेका छन्।

मानव तस्करी तथा ओसारपसारको आरोप लागेकाले उनलाई तत्काल वाणिज्यदूतबाट निलम्बन गरेर नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोमा अनुसन्धानका लागि पत्र पठाउन निवेदनमा माग गरिएको छ।

मानव तस्करी तथा ओसारपसारमा संलग्न व्यक्ति वाणिज्यदूत जस्तो पदमा बस्दा नेपालको स्वाभिमान, इमानमा गम्भीर चोट परेको निवेदनमा उल्लेख छ। यसैगरी, त्यस्तो खराब आचरण भएका व्यक्तिले राष्ट्रको प्रतिनिधित्व गर्ने कुरा सोच्न समेत नसकिने सफलले उल्लेख गरेका छन्।

उनले प्रलोभनमा परी सुवेदीलाई वाणिज्यदूतमा सिफारिस गर्ने जर्मनस्थित नेपाली राजदूतलाईसमेत कारबाहीको माग गरेका छन्।

सुवेदीमाथि एनआरएनए पोल्याण्डको अध्यक्ष हुँदा सन् २००९ को नयाँ वर्षमा आयोजित कार्यक्रममा सहभागिताका लागि भन्दै आठ जना नेपालीलाई अवैधानिक तरिकाले पोल्याण्ड बोलाएर मानव ओसारपसारमा संलग्न भएको आरोप छ ।

सुवेदीले आफू एनआरएनए पोल्याण्डको अध्यक्ष भन्दै काठमाडौंका रमेशकुमार मल्ल र म्याग्दीका टीका पुनलाई २००८ डिसेम्बर ११ तारिखमा भिसाका लागि दूतावासलाई लेखेको पत्रसमेत सार्वजनिक भएको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट