९ वर्षिया बालिकाको यौनाङ्ग चलाएको र बलात्कार गर्न खोजेको आरोपमा स्वास्थ्यकर्मी पक्राउ

धरान– ९ वर्षिया बालिकालाई बलात्कार गर्न खोजेको आरोपमा सुनसरीको वराहक्षेत्रस्थित आधारभूत स्वास्थ्य केन्द्रमा कार्यरत जनस्वास्थ्य निरीक्षक सुनिल पोख्रेल पक्राउ परेका छन्।

पोखरेलाई प्रहरीले बुधबार पक्राउ गरेको हो। पोखरेलले मङ्गलबार दिउँसो साढे ४ बजे कोठामा सामान लिएर गएकी ९ वर्षीया बालिकालाई बलात्कार गर्ने प्रयास गरेका थिए। ३१ वर्षिय पोख्रेलले बालिकालाई जबर्जस्ती काखमा बसाएर संवेदनशील अङ्गहरूमा चलाएको तथा मुख र गालामा चुम्बन गरेको आरोप छ।

बालिकाले परिवारलाई बताएर अनुसार पोखरेलले अश्लील भिडियो देखाएर बलात्कार गर्ने प्रयास गरेका थिए। भाग्न खोजेकी बालिकालाई २ सय रुपैयाँ दिने भन्दै ‘कसैलाई नभन्नू’ भनेको परिवारले प्रहरीमा दिएको जाहेरीमा उल्लेख छ ।

भागेर घर पुगेकी बालिकाले आमालाई सम्पुर्ण कुराहरु सुनाएकी थिइन् । त्यसपछि परिवारले प्रहरीमा उजुरी दिएका थिए। सोही उजुरीका आधारमा स्वास्थ्यकर्मी पोखरेललाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका डीएसपी नवीन सिंह भण्डारीले यो विषयमा सूचना दिन नमिल्ने बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट