बलानविहुलमा तीन दिन रक्सी खरिदविक्री र सेवन गरे कारवाही
राजविराज– सप्तरीको बलान बिहुल गाउँपालिकाले दशैंको तीन दिन मदिरा खरिद बिक्री र ओसारपोसारमा प्रतिबन्ध लगाएको छ ।
गाउँपालिका अध्यक्ष खेमचन्द्र यादवले सूचना जारी गर्दै कार्तिक ६, ७ र ८ गते बेलुका ६ बजेदेखि विहान ६ बजेसम्म मदिराजन्य बस्तुको खरिदबिक्री र ओसारपोसारमा प्रतिबन्ध लगाएका हुन।
‘दशैं पर्वलाई शान्तीपूर्ण तरिकाले सम्पन्न गर्न मदिराजन्य वस्तु बेचविखन तथा ओसार पोसार नगर्नु नगराउनु हुन सुचित गरिन्छ ।’– सूचनामा भनिएको छ।
सूचनाको उल्लंघन गर्ने पसल तथा व्यक्तिहरुलाई नियमानुसार कार्यवाही हुने चेतावनी समेत दिइएको छ । सूचनाको कार्यान्वयनमा भने स्थानीयले नै आशंका गरेका छन्।
प्रतिक्रिया