यू–१९ प्रिमियर कपको उपाधि नेपालले जित्यो, यूएईलाई १९ रनले पराजित

काठमाडौं– मलेसियाको क्वालालाम्पुरस्थित बायोमास ओभलमा भएको यू–१९ प्रिमियर कपको उपाधि नेपालले जितेको छ । डकवर्थ लुइस मेथडका आधारमा नेपालले यूएईलाई १९ रनले हराएको हो।

डकवर्थ लुइस मेथडका आधारमा १९८ रनको लक्ष्य पाएको यूएईले २६।५ ओभरमा अलआउट हुँदै १७८ रनमात्रै बनाएको थियो। टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ५० ओभरमा ८ विकेट गुमाउँदै २८इ रन बनाएको थियो।

तर, खेल वर्षाका कारण प्रभावित भयो। त्यसपछि २७ ओभरमा छोट्याएर डकवर्थ लुइस मेथडमा नयाँ लक्ष्य निर्धारण गरिएको थियो । यूएईका ध्रुव परशरले ५९, आर्यान्स शर्माले ३२, कप्तान आयन अफ्जल खानले ३०, ययिन किरण राईले १७ रन बनाए । अन्य ब्याटरले दोहोरो अंक बनाउन सकेनन् ।

नेपालका बलर आकाश त्रिपाठीले ४, सुवाश भण्डारीले ३, आकाश चन्दले २ र हेमन्त धामीले एक विकेट लिए ।

यसअघि नेपालले कप्तान देव खनालको शतकको मद्दतमा निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २८० रन बनाएको थियो । खराव सुरुआत गरेको नेपालले १४ रन जोड्दा २ विकेट गुमाएको थियो।

कप्तान देव खनालले तेस्रो विकेटका लागि अर्जुन कुमालसँग १२५ रनको साझेदारी गरे । २६औं ओभरको पाँचौं बलमा कुमाल ५५ रनमा आउट भए । त्यसपछि उत्तम थापा मगरसँग ४५ रनको साझेदारी गरेका खनाल शतक बनाएर आउट भए ।

उनले ९० बलमा शतक रन पूरा गरेका थिए । थप दुई बल सामाना गरेका उनी १०० रनमै आउट भए । उत्तमले पनि अर्धशतकपूपुरा गरे । पाँचौं विकेटका लागि दिपकप्रसाद डुम्रेसँग ५८ रनको साझेदारी गरेका उत्तम ५३ रनमा आउट भए ।

यूएईका हरित शेट्टीले पाँ विकेट लिए । यूएईको पारीमा भने वर्षा भयो । २ ओभरमै वर्षा भएपछि प्रभावित भएको खेल केही समयमा पुनः सुरु भयो । तर, फेरि ११ ओभरमा वर्षा भएपछि प्रभावित भएको खेललाई २७ ओभरमा छोट्याएर डकवर्थ लुइस मेथडमा नयाँ लक्ष्य निर्धारण गरिएको थियो ।

च्याम्पियन बनेको नेपालसँगै यूएई यू–१९ एसिया कपमा छनोट भइसकेका छन् । तेस्रो भएको जापान पनि एसिया कपमा छनोट भएको छ । एसिया कप आगामी डिसेम्बरमा पाकिस्तानमा हुनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट