सप्तरीका एक प्रहरी जवानले आफैलाई गोली हानेर गरे आत्महत्या

राजविराज– सप्तरीको रुपनी गाउँपालिका २ घर भएका एक प्रहरी जवानले मंगलबार आफैलाई गोली हानेर आत्महत्या गरेका छन्।

सुनसरीको कोशी गाउँपालिका– ४ कोशी कटानमा कार्यरत प्रहरी जवान अमितेश मण्डलले घरायसी तनावका कारण आत्महत्या गरेको प्रहरी स्रोतले जनाएको छ।

राती सुत्ने वेलामा उनले आफनै कोठामा पेस्तोलले टाउकोमा गोली हानेर आत्महत्या गरेको सुनसरी प्रहरीले जनाएको हो ।

घटनाको प्रहरीले थप अनुसन्धान गरिरहेको छ भने मृतकको शव परीक्षणका लागि जिल्ला अस्पताल इनरुवामा राखिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट