यो वर्षको एउटा मात्रै चन्द्रग्रहण शनिबार लाग्ने, कसैले नगर्नोस यस्ता काम

काठमाडौं– यस वर्षको एउटा मात्रै खण्डग्रास चन्द्रग्रहण शनिवार राति लाग्नेछ। राती १ः१९ बजे स्पर्श हुने चन्द्रग्रहणको सुतक दिउँसो ४ः१९ बजेदेखि सुरु हुने धर्मशास्त्रविद् प्राडा देवमणि भट्टराईले बताए। राति २ः३८ बजे ग्रहण समाप्त हुने उनले वताए।

ग्रहणका बेलामा नित्य कर्म गर्न हुने तथा विशेष कामना राखेर गरिने कर्म भने गर्न नहुने जनाईएको छ। घरमा तिथि, श्राद्ध परेमा ग्रहणमा गर्न हुने भट्टराईको भनाई छ। यो चन्द्रग्रहण २०८० मा लाग्ने एउटै ग्रहण भएको उनले जानकारी दिए।

चन्द्रग्रहणको नौ घण्टाअघिदेखि सुतक लाग्ने ग्रन्थहरुमा उल्लेख गरिए अनुसार शनिवार दिउँसो ४ः१९ बजेदेखि बाल, वृद्ध र बिरामी बाहेकलाई भोजन निषेध गरिएको छ । ग्रहणका बेला जप, स्नान, ध्यान, पाठलगायत कर्म गर्दा फलदायी हुने शास्त्रीय वचन छ ।

गत वर्ष कात्तिक ८ गते सूर्यग्रहण र २२ गते चन्द्रग्रहण लागेको थियो । गत वर्ष चान्द्रमास अनुसार कार्तिक कृष्ण औँसीमा सूर्यग्रहण र कार्तिक शुक्ल पूर्णिमामा चन्द्रग्रहण लागेको थियो । सूर्यग्रहण औँसी र चन्द्रग्रहण पूर्णिमामा लाग्ने गर्छ ।

ग्रहणका बेला सकेसम्म तीर्थ स्थलमा नसके नजिकको नदी, ताल, तलाउ, पोखरी यति पनि सम्भव नभए घरमै स्नान गर्नुपर्ने निर्णयसिन्धु, हेमाद्रि, कालमाधव, वीरमित्रोदय लगायत धार्मिक ग्रन्थमा उल्लेख गरिएको छ ।

ग्रहणका समयमा सुते रोग लाग्ने, पिसाब गरे दरिद्र, दिसा गरे कीरा भएर जन्मने, मैथुन गरे गाउँको सुगुर भएर जन्मने, सिङ्गार पटार गरे कुष्ठ रोगी, भोजन गरे अधोगति, बन्धनमा राखे सर्प भएर जन्मने, काटमार गरे नरकमा बास हुने धार्मिक ग्रन्थमा वर्णन गरिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट