थाइल्याण्डको सत्तारुढ फेउ थाई पार्टीले ३७ वर्षिया पातोङटार्न सिनावात्रालाई बनायो अध्यक्ष
काठमाडौं– थाइल्याण्डको सत्तारुढ फेउ थाई पार्टीले ३७ वर्षिया पातोङटार्न सिनावात्रालाई अध्यक्ष बनाएको छ। शुक्रबार बिहान भएको पार्टीको साधारणसभाबाट पाइतोङटार्न २८९ मत प्राप्त गरी अध्यक्षमा विजयी भएकी हुन।
अध्यक्ष पाईतोङटार्न जेलमा रहेका अर्बपति पूर्वप्रधानमन्त्री थाक्सिन सिनावात्राकी कान्छी छोरी हुन। राजनीतिमा प्रवेश गरेको दुई वर्षपछि शुक्रबार पाईतोङटार्न फेउ थाईको नयाँ नेता चयन भएकी हुन्। जसले थाइल्याण्डको अर्बपति थाक्सिन परिवारको राजनीतिक वर्चश्वलाई निरन्तरता दिनेछिन्।
थाक्सिन थाई इतिहासमा सबैभन्दा प्रभावशाली तर विभाजनकारी राजनीतिज्ञ हुन्, जो सन् २००६ को राजनीतिक ‘कु’ पछिको १५ वर्ष लामो स्व–निर्वासित जीवन त्यागेर अगस्तमा देश फर्केका थिए। उनी अहिले जेलमै छन्।
‘फेउ थाईको नयाँ नेतृत्वले पार्टीलाई फेरि नम्बर एक बनाउन आफैंमा सुधार गर्नुपर्छ’, पातोङटार्नले पार्टीका सदस्यहरू र पत्रकारहरूलाई भनिन्। पाइतोङटार्न मे महिनामा भएको आम चुनावमा फेउ थाई पार्टीको अभियानको प्रमुख भूमिका खेल्दै पार्टीलाई आधुनिकीकरण गर्ने योजना बनाएकी थिइन्।
निर्वाचनमा पाइतोङटार्न र श्रेथा थाविसिनलाई भावी प्रधानमन्त्रीका रुपमा अगाडि सारिएको थियो, पछि संस्दबाट श्रेथा प्रधानमन्त्रीमा निर्वाचित भए। थाइल्याण्डको राजनीतिमा ‘लोकप्रिय’ थाक्सिन जेलबाट रिहा भएपछि पार्टीको सल्लाहकारको भूमिकामा रहने बताइएको छ।
फेउ थाई थाक्सिन सिनावात्राद्वारा स्थापित पार्टी हो जसलाई मे महिनामा भएको निर्वाचनबाट अपस्टार्ट प्रोग्रेसिभ मुभ फर्वार्ड पार्टीले दोस्रो स्थानमा धकेलेको थियो।
सन् २००१ देखि हरेक निर्वाचनमा सबैभन्दा धेरै सिट जित्दै आएको फेउ थाई पार्टीका लागि यो ठूलो झट्का थियो। तर पनि सेना निकट मानिने कन्जरभेटिभ पार्टीसँग मिलेर यसले सरकार बनाउन सफल भयो।
एजेन्सीको सहयोगमा