मुगुको सामुहिक हत्या प्रकरणमा ट्वीस्टः श्रीदेवीलाई स्लिपिङ ट्याब्लेट खुवाएर हत्या गरेको खुल्यो

काठमाडौं– मुगुको छायाँनाथ नगरपालिका ६ स्थित मन्दु गाउँका भएको सामुहिक हत्यामा स्लिपिङ ट्याब्लेटको प्रयोग भएको पाईएको छ। हत्याराले २८ वर्षीया श्रीदेवी बोहोरालाई स्लिपिङ ट्याब्लेट खुवाएर उनको हत्या गरेपछि बाँकी तीन जना छोराछोरीको पनि हत्या भएको निस्कर्षमा प्रहरी पुगेको छ।

घट्नामा श्रीदेवीका ११ वर्षीय छोरा मनोज बोहरा, ९ वर्षीया छोरी अप्सरा र आठ महिनाका दुधे बालक रहर बोहराको धारिलो हतियार प्रहार गरी हत्या गरिएको अवस्थमा शुक्रबार (१० कात्तिक) शव भेटिएको थियो।

प्रहरीले विषेशज्ञ टोलीसहितको सहभागितामा अनुसन्धान थालेको छ। प्रारम्भिक अनुसन्धानमा हत्यामा संलग्नले पहिले मृतक श्रीदेवीलाई स्लीपिङ ट्याब्लेट खुवाएर धारिलो हतियार प्रहार गरी हत्या गरिसकेपछि छोरा, छोरीको पनि हत्या गरेको खुल्न आएको मुगुका डिएसपी वीरेन्द्र थापाले बताए।

स्लिपिङ ट्याब्लेट खुवाएर हत्या गरिएकाले हत्यारा चिनेजानेको र आफन्त नै हुनसक्ने आशंका समेत स्थानीयले गरेका छन्। घटनामा कति जनाको संलग्ना छ भन्ने बारे अझै खुल्न नसकेको मुगुका डिएसपी थापाले बताए।

घटनास्थलबाट कानमा लगाएको सुनसहित तिलहरी जस्तो गहनासमेत भेटिएको प्रहरीले जनाएको छ। अन्य गहनासमेत लुकाएर राखेको अवस्थामा भेटिएको छ।

प्रारम्भिक अनुसन्धान सकिएलगत्तै मृतक चारै जनाको शवको मुचुल्का उठाएर पोष्टमार्टमका लागि जिल्ला अस्पताल लगिएको छ। वैदेशिक रोजागारीमा कतारमा रहेका श्रीदेवीका श्रीमान दीपक शनिवारै घर पुगेका छन्।

सम्बन्धित खबर


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट