तारा एयरका दुई पाईलटबीच रामेछाप विमानस्थलमा कुटाकुट, युनिफर्ममै किन भिडे पाईलट ?

काठमाडौं– रामेछाप विमानस्थलमा तारा एयरका दुई पाइलटबीच शुक्रबार बिहान युनिफर्ममै कुटाकुट भएको छ। वरिष्ठ क्याप्टेन सन्तोष साह र त्यही कम्पनीका अर्का क्याप्टेन सञ्जीव श्रेष्ठबीच रामेछाप विमानस्थलको एप्रोनमा कुटाकुट भएको हो।

कुटाकुटको कारण खुलेको छैन। साह विहान ८ बजे तारा एयरको टुइनअटर विमान लुक्लाबाट रामेछाप विमानस्थलमा लिएर आएका थिए भने श्रेष्ठ रामेछापबाट त्यही जहाज लिएर लुक्ला जाने तयारीमा थिए।

ड्युटी अदलीबदलीको समयमा दुवै जना क्याप्टेनको कुटाकुट भएको रामेछाप विमानस्थल प्रमुख अशोक थापाले वताए। प्रत्यक्षदर्शीका अनुसार साह विमानस्थल भवनतर्फ आउँदै र श्रेष्ठ जहाजतर्फ जाँदै थिए। साहले हात मिलाउन खोज्दा सञ्जीवले धकेलेर लडाई दिए। त्यसपछि दुई जनाको हानाहान परेको थियो।

घटनापछि क्याप्टेन साहले आफूलाई हातमा चोट लागेको र मन्थली बजारमा उपचार गर्न जान लागेको बताए। श्रेष्ठ भने जहाज लिएर लुक्ला पुगेका छन्। उनलाई र उक्त जहाजलाई लुक्ला विमानस्थलमै र श्रेष्ठलाई रामेछापमा ग्राउन्डेड गरिएको छ। प्राधिकरणले क्याप्टेन श्रेष्ठको पाइलट इजाजतपत्र खारेज गर्ने तयारी गरेको छ।

तारा एयरलायन्सका प्रवक्ता सुर्दशन बर्तौलाले कम्पनीबाट घट्नाको इन्क्वायरी भइरहेको बताए।

सम्बन्धित खबर


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट