कोशी सरकारबाट एमाले आउट, औपचारिक निर्णय सोमवार

विराटनगर– मुख्यमन्त्री केदार कार्कीले सत्तारुढ गठबन्धन दल नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीलाई सरकारमा सहभागि गराउने पक्का भएपछि एमालेले सरकार छाड्ने तयारी गरेको छ।
एमाले प्रमुख सचेतक रेवतीरमण भण्डारीले औपचारिक निर्णय सोमवार गर्ने जानकारी दिदै सरकारबाट बाहिरिने बताए । सोमबार प्रदेशसभाको बैठक अगाडि संसदीय दलको बैठकबाट निर्णय गरेर बाहिरिने उनको भनाइ छ।
२७ असोजमा कांग्रेसबाट ८ सांसदसहित विद्रोह गरेका कार्की नेकपा एमालेको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थिए। २८ असोजमा सरकार विस्तार गर्दा उनले एमालेबाट राम रानालाई विना विभागीय मन्त्री नियुक्त गरेका थिए।
आज उनले माओवादी केन्द्रबाट गणेश उप्रेती र नेकपा एकीकृत समाजवादी पार्टीबाट कमलप्रसाद जवेगूलाई मन्त्री बनाउने तयारी गरेका छन्।
प्रतिक्रिया