बोकाको राजखानी देखाएर बाख्राको मासु बेच्ने ब्यापारी पक्राउ

जनकपुर– धनुषाको महेन्द्रनगरमा खसीको राजखानी देखाएर बाख्राको मासु बेच्ने एक जना मासु ब्यापारी पक्राउ परेका छन् ।

इलाका प्रहरी कार्यालय धनुषाले क्षिरेश्वरनाथ नगरपालिका ४ महेन्द्रनगरका गुल्जार महम्मदलाई पक्राउ गरेको हो।

गुल्जार महम्मदले महेन्द्रनगरमा सञ्चालन गर्दै आएको साहिल फ्रेस हाउसमा खसीको मासुसंगै बाख्राको मासु बिक्री गरिरहेको अवस्थामा फेला परेपछि उनलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

पसलबाट आठ किलो बाख्राको मासु बरामद भएको जिल्ला प्रहरी कार्यालय, धनुषाका डीएसपी रञ्जन अवाले जानकारी दिए।

पसल सञ्चालक महम्मदलाई ईलाका प्रहरी कार्यालय महेन्द्रनगरमा राखिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट